Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

श्वेतगंगा हाइड्रोपावरको सेयर 'लक इन' अवधि साउन १७ मा समाप्त, कारोबार खुला हुने

श्वेतगंगा हाइड्रोपावरको सेयर 'लक इन' अवधि साउन १७ मा समाप्त, कारोबार खुला हुने


  • काठमाडौं ।  श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडिएको सेयरको 'लक इन' अवधि आगामी साउन १७ गते समाप्त हुँदैछ। उक्त मितिपछि उनीहरूले होल्ड गरेका सेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार गर्न सक्नेछन्।

    कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि नियमानुसार ३ वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको सेयर ;लक इन'मा राख्नुपर्ने व्यवस्था छ। यस अवधिमा उनीहरूले आफ्नो सेयर बिक्री गर्न पाउँदैनन्। अब उक्त अवधि सकिन लागेको हुँदा ७३ लाख कित्ता संस्थापक सेयर, १५ लाख ९३ हजार कित्ता स्थानीय बासिन्दाको सेयर र ७ लाख ९६ हजार ५०० कित्ता कर्मचारीको सेयर बजारमा कारोबारका लागि खुला हुने छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij