Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, २ लाख ९४ हजार बढी आवेदकलाई १०–१० कित्ता सेयर

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, २ लाख ९४ हजार बढी आवेदकलाई १०–१० कित्ता सेयर

  •  

    काठमाडौँ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि असार १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको थियो। उक्त आईपीओमा अत्यधिक आवेदन परेको थियो। कुल २१ लाख ५० हजार ६७२ जनाले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २० लाख ४३ हजार ६८६ आवेदन स्वीकृत गरिएका छन् भने १२ हजार ५२१ आवेदन रद्द भएका छन्।

    मागभन्दा धेरै आवेदन परेपछि कम्पनीले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरेको हो। बाँडफाँट अनुसार २ लाख ९४ हजार २७६ जना भाग्यशाली आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी लाखौँ आवेदक भने खाली हात परेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij