Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सिबिफिनद्वारा मौद्रिक नीतिको स्वागत : वित्तीय स्थायित्व र कर्जा विस्तारमा स्पष्ट मार्गचित्र

सिबिफिनद्वारा मौद्रिक नीतिको स्वागत : वित्तीय स्थायित्व र कर्जा विस्तारमा स्पष्ट मार्गचित्र

  • काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले बैंकिङ क्षेत्रको मनोबल उच्च बनाउँदै वास्तविक अर्थतन्त्र निर्माणको स्पष्ट खाका कोरेको ठहर गरेको छ। राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलले शुक्रबार सार्वजनिक गरेको यो नीति सन्तुलित, समयसापेक्ष र उदार भएको भन्दै सिबिफिनले स्वागत गरेको छ।

    सिबिफिनका अनुसार नीतिगत अंकुशभन्दा अनुगमन र सुपरीवेक्षणमा जोड दिने नीति बैंक तथा वित्तीय संस्थाहरुमा खस्कँदो आत्मविश्वास उकास्न सहायक भएको छ। वर्तमानमा पूँजीकोषमा दबाब झेलिरहेका बैंकहरुलाई कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापन सहज बनाउने र वित्तीय स्थायित्व कायम गर्ने मार्ग स्पष्ट भएको सिबिफिनको भनाइ छ। साथै, बैंकदर तथा नीतिगत दर घटाइएकाले कर्जा विस्तार सहज हुने र नीतिले लिएको लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।

    निष्क्रिय तथा खराब कर्जा वृद्धि भैरहेका बेला सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना गर्न आवश्यक ऐन तथा नियमावलीको मस्यौदा तयार गर्ने निर्णयको सिबिफिनले खुलेर समर्थन गरेको छ।

    साथै, आवासीय घर कर्जा र शेयर धितो मार्जिन कर्जाको सीमा बढाउने, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी र आम्दानी चक्र अनुसार परिमार्जन गर्ने र कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थालाई अध्ययन गरी आवश्यक पुनरावलोकन गर्ने जस्ता प्रावधान सकारात्मक रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij