
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २९ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
सिबिफिनद्वारा मौद्रिक नीतिको स्वागत : वित्तीय स्थायित्व र कर्जा विस्तारमा स्पष्ट मार्गचित्र
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले बैंकिङ क्षेत्रको मनोबल उच्च बनाउँदै वास्तविक अर्थतन्त्र निर्माणको स्पष्ट खाका कोरेको ठहर गरेको छ। राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलले शुक्रबार सार्वजनिक गरेको यो नीति सन्तुलित, समयसापेक्ष र उदार भएको भन्दै सिबिफिनले स्वागत गरेको छ।
सिबिफिनका अनुसार नीतिगत अंकुशभन्दा अनुगमन र सुपरीवेक्षणमा जोड दिने नीति बैंक तथा वित्तीय संस्थाहरुमा खस्कँदो आत्मविश्वास उकास्न सहायक भएको छ। वर्तमानमा पूँजीकोषमा दबाब झेलिरहेका बैंकहरुलाई कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापन सहज बनाउने र वित्तीय स्थायित्व कायम गर्ने मार्ग स्पष्ट भएको सिबिफिनको भनाइ छ। साथै, बैंकदर तथा नीतिगत दर घटाइएकाले कर्जा विस्तार सहज हुने र नीतिले लिएको लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।
सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नूः अर्थ मन्त्रालय
काठमाडौँ । आज नेप्से परिसूचकमा ३१.०८ अंकले बढेर २७६२.८८ विन्दुमा भएको छ । यस दिन ११ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस दिन ३११ कम्पनीको ३ करोड २५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३७ करोड १४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अघि आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।
काठमाडौँ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि असार १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको थियो। उक्त आईपीओमा अत्यधिक आवेदन परेको थियो। कुल २१ लाख ५० हजार ६७२ जनाले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २० लाख ४३ हजार ६८६ आवेदन स्वीकृत गरिएका छन् भने १२ हजार ५२१ आवेदन रद्द भएका छन्।
श्वेतगंगा हाइड्रोपावरको सेयर 'लक इन' अवधि साउन १७ मा समाप्त, कारोबार खुला हुने
काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडिएको सेयरको 'लक इन' अवधि आगामी साउन १७ गते समाप्त हुँदैछ। उक्त मितिपछि उनीहरूले होल्ड गरेका सेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार गर्न सक्नेछन्।
कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि नियमानुसार ३ वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको सेयर ;लक इन'मा राख्नुपर्ने व्यवस्था छ। यस अवधिमा उनीहरूले आफ्नो सेयर बिक्री गर्न पाउँदैनन्। अब उक्त अवधि सकिन लागेको हुँदा ७३ लाख कित्ता संस्थापक सेयर, १५ लाख ९३ हजार कित्ता स्थानीय बासिन्दाको सेयर र ७ लाख ९६ हजार ५०० कित्ता कर्मचारीको सेयर बजारमा कारोबारका लागि खुला हुने छ।
चुक्ता पुँजी पु¥याउन ब्रोकर कम्पनीका लागि ९महिना थपिने प्रस्ताव मन्त्रालयमा
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजी नपु¥याएका कम्पनीहरूका लागि पुँजी पु¥याउन ९ महिना समय थप गर्न लागेको छ ।यसबाट चुक्ता पुँजी नपु¥याएका २३ वटा ब्रोकर कम्पनीलाई पुँजी पु¥याउन सहज हुने विश्वास गरिएको हो ।
बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई तोकेको चुक्ता पुँजी पु¥याउने समय ९ महिना बढाउने प्रस्ताव अर्थमन्त्रालयमा पठाएको छ । मन्त्रालयले स्वीकृति जनाएपछि लागु हुने भएको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई संशोधन गर्दै ९ महिना भित्र पुँजी पु¥याउने व्यवस्था सहितको प्रस्ताव अर्थमा पठाएको हो ।
मौद्रिक नीतिपछि राष्ट्र बैंकको पहिलो कदम : ५० अर्ब निक्षेप संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिपछि पहिलोपटक बजारबाट ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। आइतबारको दिन केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि बोलकबोल प्रणालीमार्फत यो निक्षेप संकलन गर्न लागेको हो।
हाल बैंकिङ प्रणालीमा ७१ खर्बभन्दा बढी निक्षेप भइसकेको छ, जसका कारण तरलता उच्च देखिएको छ। यस्तो अवस्थामा केन्द्रीय बैंकले वित्तीय प्रणालीको स्थायित्व र ब्याजदर सन्तुलन गर्न ‘निक्षेप संकलन उपकरण’ र ‘स्थायी निक्षेप सुविधा’ प्रयोग गर्दै आएको छ।
सिद्धार्थ बैंकद्वारा २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन, सर्वसाधारणका लागि १० लाख इकाई खुला
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आजदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन खुला गरेको छ। बैंकले प्रति इकाई १,००० रुपैयाँ दरमा कुल २५ लाख इकाई ऋणपत्र जारी गर्दैछ। तीमध्ये १५ लाख इकाई संस्थागत लगानीकर्ताका लागि निजी बिक्रीमार्फत निष्कासन गरिनेछ भने १० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।
‘एसबीएल डिबेन्चर २०९१’ नाम दिइएको यस ऋणपत्रमा वार्षिक ७।२५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ र यसको परिपक्वता अवधि १० वर्षको हुनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटललाई दिइएको छ।
आइतबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ९२ हजार ९०० रुपैयाँ कायम
काठमाडौं ।आज आइतबार काठमाडौंमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९०० रुपैयाँमा पुगेको छ। यो मूल्य शुक्रबारको तुलनामा उच्च हो, किनभने शुक्रबार सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ थियो।
स्वस्तिक लघुवित्तको वैदेशिक रोजगारी आईपीओमा २७.५५ गुणा बढी आवेदन, ६ करोडभन्दा बढी संकलन
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गरी बिक्री खुला गरेको प्राथमिक सेयरमा अत्यधिक आवेदन परेको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, आइतबार बिहान १०:६ बजेसम्म ३९ हजार ५७७ जना आवेदकले कुल ६ लाख ३६ हजार ५६० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो संस्थाले जारी गरेको सेयरभन्दा २७।५५ गुणा बढी आवेदन हो।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन गरिँदै
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले हकप्रद शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले साउन १५ गतेदेखि हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । यस अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्त्री लेखक
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि मातहतका निकाय देशभर नै तयारी अवस्थामा रहेको बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले प्राकृतिक प्रकोपको जोखिमबाट हुने क्षति न्यूनीकरण गर्नका लागि पूर्वसूचना पहिलो आवश्यकता भएको बताउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “पूर्वानुमानलाई सूचनाका रुपमा सम्प्रेषण गरियो भने जनधनको क्षति रोक्न सक्छौ । हाम्रो मनसुनको पूर्वाअनुमान गर्ने निकायको प्रक्षेपण नतिजा राम्रो छ, पूर्वसूचनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौ ।” प्राकृतिक भूगोलका हिसाबले नेपाल अत्यन्त जोखिम अवस्थामा रहेको बताउँदै उहाँले भूकम्पलगायतका विपद् र प्राकृतिक प्रकोपका हिसाबले जुनसुकै बेला जेसुकै हुनसक्ने अवस्था रहेको धारणा व्यक्त गर्नुभयो ।
काठमाडौं महानगरको बजेट २५ अर्ब ११ करोड ४३ लाख
काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएको छ । महानगरले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
महानगरले नीति तथा कार्यक्रमलाई साकार पार्नको लागि आव २०८२/८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार सञ्चित कोषमा व्ययभार पर्नेगरी र ६५ करोड अन्य बाह्य व्ययभार हुनेगरी सो रकम बराबरको बजेट ल्याएको छ ।आगामी आर्थिक वर्षको लागि सञ्चित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार जम्मा हुने बताइएको छ । जसमध्ये काठमाडौं महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्था हुने अनुमान गरेको छ ।
आयातित वस्तु भन्सारबाट जाँचपास गराउँदा बैंकले ३ प्रतिशत रकम होल्ड गर्ने व्यवस्था हटाउनुपर्ने नेपाल समुद्रपार निकासी पैठारीसंघको माग
काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई सकारात्मकरूपमा लिएको छ ।गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाका कारण तनावमा रहेका बैंकहरूलाई राहत दिने उद्देश्यले मौद्रिक नीतिमा राखिएका लचिला प्रावधानले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा संघले गरेको जनाएको हो ।
संघका अनुसार मौद्रिक नीतिबाट सरकार, बैंक, ऋणी, निजीक्षेत्र लगायत सरोकार भएका सबै पक्षलाई लाभ हुने देखिन्छ । मौद्रिक नीतिमार्फत गरिएको नीतिगत व्यवस्थाले अर्थतन्त्रको आपूर्ति पक्षमा सकारात्मक प्रभाव पार्ने छ । घरजग्गा, सेयर बजार, कृषि, साना उद्यममा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
सियोल ।उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राख्नुभएको छ ।
किएभ विरुद्ध रूसको आक्रमणबीच दुवै देशले सैन्य र राजनीतिक सम्बन्धलाई गहिरो बनाउँदै गर्दा लाभरोभको उत्तर कोरिया भ्रमण मस्कोका शीर्ष अधिकारीहरूको उच्च–प्रोफाइल भ्रमणको शृङ्खलामा पछिल्लो थियो ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij