Logo

Jul 14 2025 | २०८२, असार ३०गते

Jul 14 2025 | २०८२, असार ३०गते

images

बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

  •  

    रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङखोला खोल्ने कार्य अगाडि बढेको छ । खोलामा पानीको बहाव ठूलो मात्रामा प्रवाह भइरहेका कारण चिनियाँ पक्षले शुक्रबारदेखि विस्तारै थुनिएको पानी खोल्न थालेको हो ।

     

    ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलालाई रोकी रसुवागढीस्थित दुई खोला मिसिएको सङ्गमस्थलमा ढुङ्गा र ठूलाठूला काठदाउरा थुप्रिएर पानी थुनिन गई ताल बनेपछि त्यसलाई क्रमिक रूपमा खोल्न थालिएको हो । तत्पश्चात् चीनतर्फ पुरिएका ३० वटा नेपाली कन्टेनर झिक्ने प्रयास भइरहेको सीमा सुरक्षा अधिकारीले जनाएका छन् । २३ गते केरुङमा सामान लोड गरी फर्केका ती कन्टेनर निर्धारित समयमा नेपाल पस्न नसक्दा गढीदेखि उत्तरतर्फको केरुङ खोलास्थित किनारको राजमार्गमा राखिएकामा ढुबानमा परेका थिए । नेपाली कन्टेनरका साथै खोलाको तटीय क्षेत्रमा रहेको चिनियाँ एक भवन पनि डुबेको बताइएको छ ।

     

    रसुवा भन्सार कार्यालय हाताभित्रबाट बाढीले बगाएकारडुबानमा परेका ७० वटा विद्युतीय कार, छवटा ठुला ट्रक, २४ वटा कन्टेनर र क्षतिग्रस्त केही सवारीसाधनलाई सुरक्षित स्थानमा सार्ने कार्य अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij