
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भई १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार यसको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले बढेको छ। आइतबार २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २ हजार ३ सय १५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij