Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

आज सन नेपाल लाइफ इन्सुरेन्सको सेयर लिलामीमा अन्तिम दिन

आज सन नेपाल लाइफ इन्सुरेन्सको सेयर लिलामीमा अन्तिम दिन

  • काठमाडौँ । सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले लिलामीमा ल्याएको २ लाख २४ हजार ७२८ कित्ता सेयरमा आवेदन दिने आज असार ३० गते अन्तिम दिन हो। इच्छुक लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। कम्पनीले असार २३ गतेदेखि संस्थापक समूहका ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहका १ लाख ४६ हजार ५०६ कित्ता सेयर लिलामीमा बिक्रीका लागि खुला गरेको हो। यो लिलामी सेयरमा न्यूनतम मूल्य १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्नुपर्नेछ।

    संस्थापक समूहका सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम उपलब्ध सबै कित्तासम्म आवेदन दिन सकिनेछ। यस लिलामीको बिक्री व्यवस्थापनको जिम्मा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले लिएको छ। कम्पनीले यसअघि वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो, जसमा बिक्री नभएका बाँकी सेयरहरू अहिले लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

    लगानीकर्ताहरूले नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय, लेखनाथमार्ग, ठमेल, काठमाडौं तथा सन नेपाल लाइफ इन्सुरेन्सका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij