Logo

Jul 14 2025 | २०८२, असार ३०गते

Jul 14 2025 | २०८२, असार ३०गते

images

एनआईसी एशिया बैंक र ईस्टप नेपालबीच विशेष सम्झौता, ग्राहकहरुलाई रेष्टुरेन्टमा १० प्रतिशत र चार्जिङ स्टेसनमा ५ प्रतिशत छुट उपलब्ध

एनआईसी एशिया बैंक र ईस्टप नेपालबीच विशेष सम्झौता, ग्राहकहरुलाई रेष्टुरेन्टमा १० प्रतिशत र चार्जिङ स्टेसनमा ५ प्रतिशत छुट उपलब्ध

  • काठमाडौँ । एनआईसी एशिया बैंक र ईस्टप नेपाल प्रालिबीच यस बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकहरूले  ईस्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका हुन् । 

    ईस्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने जनाइएको छ ।  ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्ने छन् ।  दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ईस्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले विज्ञप्ति जारी गरी यस्तो बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij