Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

एसियन लाइफ इन्सुरेन्सले ४२% हकप्रद सेयर निष्कासन गर्दै, साउन १३ गतेसम्म आवेदन दिन सकिने

एसियन लाइफ इन्सुरेन्सले ४२% हकप्रद सेयर निष्कासन गर्दै, साउन १३ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ४२ प्रतिशत हकप्रद सेयर जारी गरेको छ। कम्पनीले १ः०.४२ अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्दै १ सय अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ संकलन गर्ने योजना बनाएको हो।

    यो हकप्रद सेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले यस प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरेकाले, जेठ १५ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

    हकप्रद सेयर बिक्रीको व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गरेको छ। इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौं तथा एसियन लाइफ इन्सुरेन्सको तोकिएको शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछि यो बढेर ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij