
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले हाल कायम ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्तापूँजीको २७ प्रतिशतका दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गरेको हो।
कम्पनीले वैशाख ३० देखि असार ३ गतेसम्म उक्त हकप्रद सेयर जारी गरी असार १२ गते बाँडफाँट गरेको थियो। त्यसअन्तर्गत १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता सेयर असार ३० गते नेप्सेमा सूचीकृत भएका हुन्। लिलामीमा जानुपर्ने संस्थापक तर्फका ८० हजार २२२ कित्ता र सर्वसाधारणका १ करोड ४४ हजार ५०६ कित्ता सेयर भने छुट्टै प्रक्रिया मार्फत विक्री गरिएको थियो।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार आफ्नो चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर निष्कासन गरेको हो। लिलामी सहितको सेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुगेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij