Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

विवादित मन्त्री राजकुमार गुप्ताको राजीनामा, घूस प्रकरणपछि प्रधानमन्त्रीको निर्देशनमा पद त्याग

विवादित मन्त्री राजकुमार गुप्ताको राजीनामा, घूस प्रकरणपछि प्रधानमन्त्रीको निर्देशनमा पद त्याग

  •  

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विवादमा आएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका छन्। गुप्ताले सामाजिक सञ्जालमार्फत मन्त्री पदबाट राजीनामा दिएको जानकारी सार्वजनिक गरेका हुन्।

    गुप्ता केही समयदेखि घूस प्रकरणमा मुछिँदै आएका थिए। भूमि आयोग कास्कीका अध्यक्षको नियुक्ति र कर्मचारी सरुवा सम्बन्धी विषयमा बिचौलियासँग लाखौं रुपैयाँको डिल भएको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। सो अडियोको वास्तविकता पत्ता लगाउन फरेन्सिक परीक्षणका लागि पठाइएको छ।

    विवाद चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले गुप्तासँग राजीनामा मागेको जनाइएको छ। राजीनामा दिनुअघि गुप्ता सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए। अन्ततः उनले आलोचना र दबाबबीच पदबाट राजीनामा दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij