Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

क्यासिनो सञ्चालन गर्न  लाइसेन्स शुल्क तीन करोड

क्यासिनो सञ्चालन गर्न  लाइसेन्स शुल्क तीन करोड

  • काठमाडौँ । नयाँ नियमावलीमा क्यासिनो सञ्चालन गर्न लाइसेन्स शुल्क तीन करोड तोकिएको छ । सरकारले १२ वर्षअघि बनाइएको नियमावली खारेज गरी  क्यासिनो सञ्चालन र नियमन सम्बन्धमा नयाँ नियमावली बनाएको हो।नियमावली अनुसार क्यासिनो सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँसम्म तोकिएको छ। ठूलो क्यासिनो सञ्चालन गर्नेको हकमा ३० करोड र सानो क्यासिनो सञ्चालन गर्नेको हकमा २० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने छ । 

    हाल सञ्चालनमा रहेका क्यासिनो कम्पनीलाई नियमावलीमा तोकिएको चुक्ता पुँजी कायम गर्न २०८५ चैतसम्मको समय दिइएको छ।
    साथै ठूलो क्यासिनोले कम्तीमा डेढ सय र सानोले कम्तीमा ५० जनालाई रोजगारी पनि  दिनुपर्नेछ।नयाँ नियमावलीमा क्यासिनोको लाइसेन्स दस्तुर ठूलाका हकमा ३ करोड र सानाका हकमा डेढ करोड रुपैयाँ तोकिएको छ। लाइसेन्स लिनका लागि यो दस्तुरबाहेक रोयल्टी रकम आर्थिक ऐनमा तोकिएबमोजिम र जमानत वार्षिक रोयल्टीको डेढ गुणाले हुने रकम बुझाउनुपर्ने जनाइएको छ।

    क्यासिनो सञ्चालनको लाइसेन्सका लागि निवेदन दिँदा ठूलाको हकमा १५ लाख र सानाको हकमा १० लाख रुपैयाँ निवेदन दस्तुर बुजाउनुपर्ने व्यवस्था  गरिएको छ ।यसैगरी  लाइसेन्स नवीकरणका लागि ठूलो क्यासिनोको हकमा डेढ करोड र सानो क्यासिनोको हकमा ७५ लाख रुपैयाँ दस्तुर तोकिएको छ।

    क्यासिनो सञ्चालन भइरहेको होटल वा रिसोर्टको दर्ता निलम्बन, तल्लो स्तरमा वर्गीकरण वा दर्ता खारेज भएको अवस्थामा क्यासिनोको लाइसेन्स नवीकरण हुने प्रावधान पनि राखिएको छ ।सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको नियमावली   सीमा क्षेत्रबाट ५ किलोमिटरको दूरीभित्र क्यासिनो सञ्चालन गर्न जिल्ला सुरक्षा समितिको सिफारिस र कम्तीमा २० जना तालिमप्राप्त सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने नियमावलीमा जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij