Logo

Jul 16 2025 | २०८२, असार ३२गते

Jul 16 2025 | २०८२, असार ३२गते

images

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन

  • साओ पाउलो ।अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा गरेपछि ब्राजिलको कुल आम्दानी(जीडीपी) ०.४१ प्रतिशतले घट्न सक्ने एउटा प्रतिवेदनमा जनाइएको छ।

    यो प्रतिवेदन ब्राजिलको प्रसिद्ध संस्था गेटुलियो भर्गास फाउन्डेसनले तयार पारेको हो। सो अनुसार, ट्रम्प सरकारले घोषणा गरेको नयाँ महसुलले ब्राजिलको खाद्यान्न ९खाना० सम्बन्धी सामानको अमेरिका पठाउने कारोबार ७५ प्रतिशतसम्म घटाउन सक्छ। यसले देशको कुल आम्दानीमा ठूलो असर पार्नेछ।

    ब्राजिलको कृषि व्यवसाय अमेरिका निर्यातको झन्डै ३० प्रतिशत हिस्सा ओगट्छ। यसमा कफी, चिनी, सुन्तलाको रसजस्ता सामान पर्छन्।

    अझै महसुल नलागे पनि, अन्तर्राष्ट्रिय व्यापारको वातावरणमा असुरक्षा बढेको कारण दुई देशबीचको व्यापार सम्बन्धमा असर परिरहेको प्रतिवेदनमा उल्लेख छ। साथै, ट्रम्पको यो निर्णयले विश्व व्यापार संगठनका नियमहरू उल्लंघन गरेको आरोप पनि लगाइएको छ।

    अमेरिकी सरकारले आगामी अगस्ट १ देखि ब्राजिलका सामानमा नयाँ महसुल लागु गर्ने घोषणा गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij