Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

सुनको मूल्य तोलामा १३ सय रुपैयाँ  घटेर बुधबार प्रति तोला मूल्य १ लाख ९२ हजार रूपैयाँ निर्धारण

सुनको मूल्य तोलामा १३ सय रुपैयाँ  घटेर बुधबार प्रति तोला मूल्य १ लाख ९२ हजार रूपैयाँ निर्धारण

  • काठमाडौँ । बुधबार सुनको मूल्यमा प्रतितोला १३ सय  रुपैयाँ घटेको छ ।  असार ३२ गते  चालु आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँ  घटेर    बुधबार प्रति तोला मूल्य १ लाख ९२ हजार रूपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  हो ।
    मंगलबार सुन प्रति तोला १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो। सोमबार सुन तोलामा ४०० रुपैयाँ बढेर प्रति तोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रति तोला २ हजार २६० रुपैयाँ कायम भएको छ।

    मंगलबार चाँदी तोलामा ४० रुपैयाँ घटेर प्रति तोला २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदी तोलामा ३० रुपैयाँ बढ्दा प्रति तोला २ हजार ३१५ रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा यसको प्रभाव देखिएको छ। बुधबार सुन घटेर प्रति औंस ३३३८.६५ डलर रहेको छ।चाँदी प्रति औंस ३७.८३ डलर छ। मंगलबार सुन प्रति औंस ३३६०.६६ डलर थियो। चाँदी प्रति औंस ३८.२१ डलर थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij