Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

लुम्बिनी विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • काठमाडौं ।लुम्बिनी विकास बैंक लिमिटेडले असार ३२ गतेदेखि १ लाख ४ हजार ८१५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यस सेयरमा व्यक्तिगत, कम्पनी तथा विभिन्न संघ–संस्थाहरुले आवेदन दिन सक्नेछन्।

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि अब सर्वसाधारण लगानीकर्ताले समेत यी सेयर खरिद गर्न पाउने व्यवस्था मिलाइएको हो।

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन फारम बुझाउनुपर्नेछ। फारममा खरिद गर्न चाहिएको सेयर संख्या स्पष्ट उल्लेख गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij