Logo

Jul 17 2025 | २०८२, साउन १गते

Jul 17 2025 | २०८२, साउन १गते

images

सुनमा विलासिता कर लगाई साउन १ बिक्री वितरण हुँदै, उपभोक्ता मारमा पर्ने दाबी

सुनमा विलासिता कर लगाई साउन १ बिक्री वितरण हुँदै, उपभोक्ता मारमा पर्ने दाबी

  • काठमाडौँ । भोलि आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन अर्थात साउन १ गतेदेखि बजेट र मौद्रिक नीति कार्यान्वयन भइरहेको छ ।भोलि बिहीबारदेखि सरकारले सुन तथा सुनका गहना आयातमा लगाएको २ प्रतिशत विलासित कर पनि लाग्ने भएको छ । बजेटमार्फत ल्याइएको उक्त विलासिता कर बिहीबारदेखि हुने सुनको कारोबारमा थपिने भएको हो ।

    यसका विरुद्ध आन्दोलन पछि  सुन व्यवसायी र सरकारबीच ६ बुँदे सहमति गरिएको भएपनि सुनमा लगाइएको विलासिता कर अन्ततः कार्यान्वनयमा जाने देखिएको हो ।बिहीबारदेखि विलासिता कर जोडिएर आउँदा सुनको उपभोक्ता मूल्य समेत  बढ्ने व्यवसायीहरु बताउँछन् । विलासिता कर लाग्ने भएपछि सोही अनुसार आन्तरिक राजस्व विभागले बिलको ढाँचा समेत बनाइसकेको छ ।उपभोक्ता मारमा पर्ने भनेर सुनचाँदी व्यवसायीहरूले यस विरुद्ध आन्दोलन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij