Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

उन्नति सहकार्य लघुवित्तको विशेष साधारण सभा साउन १७ गते, शेयर संरचना परिवर्तन प्रस्ताव

उन्नति सहकार्य लघुवित्तको विशेष साधारण सभा साउन १७ गते, शेयर संरचना परिवर्तन प्रस्ताव

  •  

    काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो साउन १७ गते विशेष साधारण सभा बोलाएको छ। असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो।

    सभाले प्रमुख रूपमा शेयर संरचना परिवर्तन सम्बन्धी प्रस्ताव पारित गर्नेछ। नयाँ प्रस्तावअनुसार, संस्थापक तर्फको ६२।४१५ र सर्वसाधारण तर्फको ३७।५९५ शेयर स्वामित्व कायम गरिनेछ। यसअनुसार, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरी पारित गर्ने र सो प्रक्रिया सञ्चालक समितिलाई जिम्मेवारी दिने निर्णय पनि सभाबाट हुनेछ।

    सभा प्रयोजनका लागि कम्पनीले साउन ७ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार, साउन ६ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र विशेष साधारण सभामा भाग लिन योग्य हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij