Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

राष्ट्र बैंकद्वारा कर्जा सीमा वृद्धि : व्यक्तिगत मार्जिन कर्जा २५ करोड, आवासीय घर कर्जा ३ करोडसम्म ( सर्कुलरकाे पूर्णपाठ सहित)

राष्ट्र बैंकद्वारा कर्जा सीमा वृद्धि : व्यक्तिगत मार्जिन कर्जा २५ करोड, आवासीय घर कर्जा ३ करोडसम्म ( सर्कुलरकाे पूर्णपाठ सहित)

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ। बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई सर्कुलर जारी गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको संशोधनअनुसार अबदेखि २५ करोड रुपैयाँसम्मको व्यक्तिगत मार्जिन कर्जा दिन सकिने जानकारी दिएको हो।

    त्यस्तै, पहिलो आवासीय घर कर्जाको सीमा पनि २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। साथै, यस्तो कर्जामा बैंकले ८० प्रतिशतसम्म लोन टु भ्यालु  रेसियोमा कर्जा दिन सक्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो कर्जामा रेसियो ७० प्रतिशत मात्र थियो।

    रियल स्टेट कर्जाका लागिरेसियो ५० प्रतिशतमै यथावत राखिएको छ। तर, अन्य निजी आवासीय घर कर्जाका लागि रेसियो ६० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गरिएको छ। यसले आवास निर्माण र रियल स्टेट क्षेत्रको कर्जामा लचकता ल्याउने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij