Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

राप्ती हाइड्रोको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट, बाँकी अब लिलामीमा

राप्ती हाइड्रोको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट, बाँकी अब लिलामीमा

  •  

    काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जारी गरेको शतप्रतिशत हकप्रद शेयरको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले असार १ गतेदेखि २४ गतेसम्म १स्१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो।

    विद्यमान ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्तापुँजीको आधारमा बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गरिएको थियो। सो अवधिमा ७१ हजार ६५ जना शेयरधनीबाट आवेदन प्राप्त भएकोमा, ५४ लाख २३ हजार ८२७ कित्ता शेयर असार ३२ गते बाँडफाँट गरिएको हो।

    कम्पनीका अनुसार ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर विक्री हुन नसकी अवितरित भएको छ, जसलाई अब लिलामीमार्फत बिक्री गरिनेछ।

    उक्त हकप्रद निष्कासन तथा बिक्री व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको हो। कम्पनीले ५ मेगावाट क्षमताको रुकु गाड जलविद्युत आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो।

    शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको वित्तीय आधार थप सुदृढ भएको बताइएको छ

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij