Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

वीरगञ्ज भन्सारमा गाभियो  सुक्खा बन्दरगाह

वीरगञ्ज भन्सारमा गाभियो  सुक्खा बन्दरगाह

  • वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय साउन १ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबाट सेवा प्रवाह पनि सुरु भएको हो । यसअघि वीरगञ्ज भन्सार कार्यालय अन्तर्गत  एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा काम गर्दै आएको थियो । एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ ।

    यसअघि सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट रेल्वे यार्डबाट सामान आयात र निर्यात हुने गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सङ्घीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको जानकारी सार्वजनिक गरेका हुन् ।गभिन अघि  सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षभरिमा ४९ अर्ब ८२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij