Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

प्रतिस्पर्धात्मक निर्जीवन बीमा बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको उल्लेखनीय सफलता

प्रतिस्पर्धात्मक निर्जीवन बीमा बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको उल्लेखनीय सफलता


  • काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण बन्दै गएको वर्तमान परिवेशमा, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड ले आर्थिक वर्ष २०८१र८२ को असार मसान्तसम्म उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको छ। कम्पनीले समीक्षा अवधिमा कुल ४ अर्ब ३ करोड रुपैयाँको बीमा प्रिमियम आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोहोरो अंकले वृद्धि भएको हो। ज्भ्क्ष् का अनुसार, यो सफलता ग्राहकहरूको निरन्तर विश्वास, सञ्चालनमा उत्कृष्टता, तथा समर्पित कर्मचारीवर्गको मिहिनेतको प्रतिफल हो। सोही अवधिमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानीसमेत गरेको छ, जसमा सहज र छरितो हिसाबबाट नियामकीय मापदण्ड पालना गर्दै दाबी फछ्र्यौट गरिएको छ। प्राकृतिक प्रकोप जस्ता कारणले भएको क्षतिको दाबीलाई कम्पनीले विशेष प्राथमिकतामा राखेको छ।

    यो वार्षिक उपलब्धिपछि प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भिडियोमार्फत सबैलाई सम्बोधन गर्दै कम्पनीले नयाँ ऊर्जा, आशा र आत्मविश्वास हासिल गरेको उल्लेख गरिन्। साथै, अबको आर्थिक वर्षमा ग्राहक सन्तुष्टि, सम्बन्ध सुदृढीकरण, डिजिटाइजेसन र प्राविधिक आधुनिकीकरणलाई प्राथमिकतामा राख्ने बताइन्। वित्तीय चुनौती, सञ्चालन खर्चमा वृद्धि र प्राकृतिक प्रकोपजस्ता समस्याका बाबजुद पनि ज्भ्क्ष् ले समयमै दाबी भुक्तानी सुनिश्चित गर्दै प्रति शेयर आम्दानीमा निरन्तर वृद्धि गर्न सफल भएको छ। यसले शेयरधनीहरूलाई स्थिर प्रतिफल दिने कम्पनीको लक्ष्यलाई सुदृढ बनाएको छ। ज्भ्क्ष् ले आफ्नो व्यवसायिक प्रतिष्ठा बढाउँदै बीमाको पहुँच तल्लो तहसम्म विस्तार गर्ने र ग्राहककेन्द्रित सेवामा निरन्तर समर्पित रहने विश्वास व्यक्त गरेको छ। दूरदर्शी रणनीति र अनुशासित कार्यान्वयनमार्फत कम्पनीले प्रतिस्पर्धात्मक बजारमा सफलता कायम राख्दै आगामी दिनहरूमा अझ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij