
काठमाडौँ । राजस्व अनुसन्धान विभागको कायम मुकायम महानिर्देशकमा कृष्णकुमारी श्रेष्ठ नियुक्त भएकी छिन् ।सचिवस्तरीय निर्णयबाट विभागमा प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएकी श्रेष्ठलाई असार ३२देखि लागु हुने गरी कायम मुकायम महानिर्देशकको अख्तियारी दिइएको हो ।
असार १५ गतेदेखि तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरे अनिवार्य अवकाशमा गइसकेयता विभाग महानिर्देशक विहीन रही आएको थियो ।सचिवस्तरीय निर्णयबाट कायम मुकायमको अख्तियारी पाएकी श्रेष्ठले असार ३२ गतेदेखि पदभार सम्हालेकी हुन् ।
यसअघि नयाँ सडकले राजस्व अनुसन्धान विभागमा महानिर्देशक खाली हुँदा त्यसको समाचार सम्प्रेष्ण गरेको थियो । सो समाचार सम्प्रेषण लगतै सचिवस्तरीय निर्णयबाट श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी दिइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij