Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

शुक्रबार  सुनको मूल्य प्रति तोला १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम

शुक्रबार  सुनको मूल्य प्रति तोला १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम

  • काठमाडौँ । साताको अन्तिम दिन सुनको मूल्य  अघिल्लो दिनको तुलनामा  तोलामा २ सय रुपैयाँ बढेको छ । शुक्रबार  प्रति तोला १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको हो ।बिहीबार पनि सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९२ हजार रुपैयाँमा आइपुगेको थियो।

    मंगलबार सुन प्रति तोला १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो। सोमबार सुन तोलामा ४०० रुपैयाँ बढेर प्रति तोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य पनि शुक्रबार तोलामा १५ रुपैयाँ बढेको छ। चाँदी प्रति तोला २ हजार २८० रुपैयाँ छ।बिहीबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रति तोला २ हजार २६५ रुपैयाँ कायम भएको थियो। बुधबार चाँदीको मुल्य २ हजार २६० थियो।

    मंगलबार चाँदी तोलामा ४० रुपैयाँ घटेर प्रति तोला २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदी तोलामा ३० रुपैयाँ बढ्दा प्रति तोला २ हजार ३१५ रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस ३३३९.३९ डलर छ। चाँदी प्रति औँस ३८.१८ डलर छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij