
काठमाडौँ । वैदेशिक रोजगार विभागले महिला र पुरुष गरी गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको कुल संख्या ८ लाख ३९ हजार २ सय ६६रहेको जनाएको छ ।विभागले शुक्रबार साउन २ गते एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जनाएको हो ।
विभागले जारी गरेको विज्ञप्ति अनुसार यस विभागबाट सम्पादन गरिने सेवाप्रवाह आम सर्वसाधारणको पँहुचमा पून्याउदै जनताको विश्वास जित्ने गरी चुस्त दुरुस्त र थप प्रभावकारी बनाउदै लगिएको छ। सुशासनको संवाहक राज्यको चौथो अंगका रूपमा रहेको पत्रकार जगतको साथ सहयोग, समन्वय, सहकार्य एवं सकारात्मक उत्प्रेरणाबाट सार्वजनिक सेवा प्रवाहमा थप निखारता ल्याइएको छ। पारदर्शीतापूर्वक असल जनमुखी र रचनात्मक कार्यहरू सम्पादन गर्दै नेपालको संविधानको परिकल्पना बमोजिम सरकारले लिएका संकल्प र नीतिहरूको अर्थपूर्ण कार्यान्वयन गरी आगामी दिनमा यस विभागको सेवा प्रवाहमा गुणात्मक एवं रचनात्मक सुधार गर्नमा विभाग प्रयत्नशिल रहेको छ।
यस विभागले Digitalization को वैश्विक प्रभाव अनुरुप सार्वजनिक सेवा प्रवाहका नवीनतम विधि, प्रविधि, Office Automation System, एवं व्यवस्थापनका नविनतम सोच एवं मूल्य मान्यतालाई मूर्त रूप दिन सकारात्मक पहल गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई अझ प्रभावकारी र संस्थागत गर्दै गइरहेको छ। साथै Public domain मा देखिएका वैदेशिक रोजगारी ठगी नियन्त्रण, राहत उद्दार, अनुगमन र नियमनलाई थप प्रभावकारी बनाउदै लगिएको छ।
विभागले कार्यक्रमको उद्देश्यबारे विज्ञप्तिमा भनेको छ ‘ सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले व्यवस्था गरेको Proactive Disclosure को मान्यता अनुरुप प्रत्येक ३/३ महिनामा हरेक सार्वजनिक निकायले सम्पादन गरेका कार्यहरु आम रुपमा सबैले जान्न र बुझ्न सक्ने गरी खुला सरकारको अवधारणा अनुसार विगत एक वर्षमा यस विभागबाट भएको सेवा प्रवाह सम्बन्धी सम्पुर्ण कार्यहरुको पारदर्शी रुपमा जानकारी गराउन र Audio/Video/छापा/अनलाइन Media मार्फत सार्वजनिक गर्नका लागि यो पत्रकार सम्मेलन आयोजना गरिएको हो।’
सोही विज्ञप्तिमा भनिए अनुसार गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको कुल संख्याः ८,३९,२६६रहेका छन् जसमा पुरुष ७,४४,८११ र महिलाः ९४,४५५ रहेका छन् । गत आर्थिक वर्षमा Top १० गन्तव्य मुलुकहरु क्रमशः UAE, Saudi Arabia, Qatar, Kuwait, malaysia, Romania, Japan, Republic of korea, crotia, Bahrain रहेका छन् । व्यक्तिगत श्रम स्विकृत लिने Top १० नयाँ गन्तव्य मुलुकहरुः UAE, Romania, Japan, Qatar, Crotia, Maldives, kuwait, mauritius, serbia, MALTA.
४. व्यक्तिगत श्रम स्वीकृति लिने Top १० Re-entry गन्तव्य मुलुकहरुः Qatar, Saudi Arabia, UAE, Malaysia, Kuwait, Romania, Bahrain, Japan, Oman, Crotia रहेका छन् ।
यसैगरी विगत ५ वर्षमा श्रम स्विकृत लिनेको कुल संख्या ३५,१६९६५मा पुरुष संख्या ३१,८१.१९१ महिलाको संख्याः ३,३५,७७४ रहेका छन् । विगत ५ वर्षमा श्रम स्वीकृति लिने Top १० गन्तव्य मुलुकहरु क्रमशः UAE, Qatar. Saudi Arabia. malaysia, Kuwait, Romania, Japan, Bahrain, Republic of korea, crotia रहेका छन् । वैदेशिक रोजगारीको लागि विदेशका श्रमिक पठाउने शीर्ष १० संस्थाहरुमा NEEL KAMAL HUMANH RESOURCES PVT. LTD, PARADISE INTERNATIONAL PVT. LTD , SOS MANPOWER SERVICE PVT. LTD, LINK INTERNATIONAL PLACEMENT SERVICE PVT. LTD, GULF MANPOWER SERVISES PV.LTD, AIR KINGS PLACEMENT PVT. LTD, SOUNDLINES RECRUITMENT PVT. LTD, THE RIVER OVERSEAS PVT. LTD, ADVANCED MANAGEMENT CONSULTANTS PVT. LTD , ASIA LINK SERVICE PVT. LTD रहेका छन् । हाल सम्म दर्ता भएका कुल इजाजत प्राप्त संष्थाहरु १६८७मा सक्रिय इजाजत प्राप्त संष्या ७२५रहेका छन् । २०८२ असार मसान्त सम्म नविकरण भएकाः २१२ रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij