Logo

Aug 16 2025 | २०८२, साउन ३१गते

Aug 16 2025 | २०८२, साउन ३१गते

images

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईद्वारा पदाधिकारीसहित ७ जना निष्काशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईद्वारा पदाधिकारीसहित ७ जना निष्काशित

  • काठमाडौँ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईले परिषदका केही पदाधिकारीसहित ७ जनालाई निष्काशन गरेको छ ।संस्थाको कार्यसमिति २०२३–२०२५का उपाध्यक्ष विष्णुलाल श्रेष्ठको संयोजकत्वमा सचिव नवराज श्रेष्ठ( सदस्य सचिव)सहित कार्यसमिति सचिवद्वय सुमन भण्डारी र जीवनसिंह ठकुरी कोषाध्यक्ष कमल लामा, सदस्यहरू विनोदरत्न तुलाधर र द्रोणराज ढकाललाई निष्काशन गरिएको हो ।

    एनआरएनए एनसीसी युएईले  जारी गरेको विज्ञप्तिमा भनिएएको छ‘  संस्थाको कार्यसमिति २०२३–२०२५का उपाध्यक्ष विष्णुलाल श्रेष्ठको संयोजकत्वमा सचिव नवराज श्रेष्ठ( सदस्य सचिव)सहित कार्यसमिति सचिवद्वय सुमन भण्डारी र जीवनसिंह ठकुरी कोषाध्यक्ष कमल लामा, सदस्यहरू विनोदरत्न तुलाधर र द्रोणराज ढकालको नाम एक तथाकथित तदर्थ समितिमा उल्लेख भएको पाइएपछि मिति १ जुलाई २०२५मा बसेको कार्यसमितिको बैठकले उक्त विषयमा छानबिन गरी स्पष्टीकरण लिन अनुगमन तथा अनुशासन समितिलाई एकमतले जिम्मा दिएको थियो ।समितिले स्पष्टीकरणका लागि सम्बन्धित सदस्यहरूलाई समयसहित अनुरोध गरेपनि अधिकांश ले समयमै जवाफ नदिएको र प्राप्त एक मात्र स्पष्टीकरण – दोणराज ढकालबाट समेत अस्वीकार्य ठहरिएकोले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको विधान धारा ३५ बमोजिम यी सदस्यहरूलाई संस्थाबाट निष्काशन गर्ने निर्णय गरिएको छ ।’

    एनसीसी युएईको विधानको धारा ३५ बमोजिम यी सदस्यहरूलाई संस्थाबाट निष्काशन गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ । उक्त व्यक्तिहरूले नियतवश संस्थालाई विभाजन गर्न खोजी समानान्तर समिति गठन गरी अधिवेशन विरोधी गतिविधिमा संलग्न भएको पुष्टि भएको हुँदा मिति १८ जुलाई २०२५का दिनबाट उनीहरूलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएई ( नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएई)को सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    साथै आगामी दिनमा ती व्यक्तिहरूले गर्ने कुनै पनि एनआरएनए गतिविधिप्रति संस्था पूर्णतः असम्बद्ध तथा गैर जिम्मेवार रहने जनाइएको छ ।विज्ञप्तिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएई नै युएईको आधिकारिक संस्था भएकोले २०२५देखि २०२७ कार्यकालको अधिवेशन लक्षित गरी सदस्यता खुलाइ सकिएकोले योग्यता पुगेकालाई आवेदन गर्न अनुरोध गरिएको छ । 

    nrna.jpeg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij