Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्जरमा जाने सहमति

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्जरमा जाने सहमति

  •  

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अगाडि बढ्ने सहमतिमा पुगेका छन्। साउन ४ गते बिहान दुबै कम्पनीबीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। कम्पनीहरूले यो जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गरेका छन्।

    चुक्ता पूँजीको आधारमा हेर्दा, समृद्धि फाइनान्सको हालको चुक्ता पूँजी ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ छ भने पोखरा फाइनान्सको चुक्ता पूँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ रहेको छ।

    वित्तीय विवरणको हिसाबले, आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमाससम्मको विवरण सार्वजनिक भइनसकेको भए पनि तेस्रो त्रैमासको आधारमा समृद्धि फाइनान्स ३ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ। यसको विपरीत, पोखरा फाइनान्स भने ७ करोड १९ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ।

    त्यस्तै, समृद्धि फाइनान्सको जगेडा कोष २८ करोड ५४ लाख रुपैयाँभन्दा बढी रहेको छ भने पोखरा फाइनान्सको जगेडा कोष १ अर्ब ८ करोड रुपैयाँभन्दा बढी छ।

    यी दुबै कम्पनी नेपाल धितोपत्र बोर्डमा सूचीबद्ध रहेका छन् र दोस्रो बजारमा कारोबार भईरहेका कम्पनीहरू हुन्। मर्जरपश्चात कुन नामबाट संस्था अगाडि बढ्ने, सेयर अनुपात, र व्यवस्थापन संरचना कस्तो हुने भन्ने विषयमा भने थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij