Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  •  

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले यी शेयरहरू अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी खुला बिक्रीमा ल्याएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा रहेको यस शेयरको खरीदका लागि साउन ९ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ।

    यसअघि बैंकले यी शेयरहरू विद्यमान संस्थापक शेयरधनीहरूलाई ३५ दिने सूचना दिई बिक्री गर्न प्रयास गरेको थियो। तर सो अवधिमा संस्थापक शेयरधनीहरूले खरीद नगरेपछि अब यी शेयरहरू दोस्रो चरणमा अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूलाई बिक्री गर्न लागिएको हो।

    यस शेयर विक्री प्रक्रियाको प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक व्यक्ति तथा संस्थाहरूले निर्धारित समयभित्र आवेदन दिनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij