Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

आइतबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ३०० रुपैयाँ कायम

आइतबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ३०० रुपैयाँ कायम

  •  

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।

    गत शुक्रबारको मूल्य १ लाख ९२ हजार ५०० रुपैयाँ रहेको थियो। यससँगै सुनको मूल्य पछिल्ला चार दिनदेखि लगातार वृद्धि भएको छ, जसले सुनमा लगानी गर्ने वा किन्ने तयारीमा रहेका उपभोक्तामा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

    त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँ पुगेको छ, जुन गत शुक्रबार २ हजार २८० रुपैयाँ थियो।

    सुन–चाँदीको मूल्यमा भएको निरन्तर वृद्धिले बजारमा चहलपहल घटाउने सम्भावना देखिएको छ भने लगानीकर्ताहरूका लागि नयाँ मूल्यले रणनीति पुनःनिर्धारण गर्ने संकेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij