
काठमाडौँ । रसुवा नाकाबाट आजदेखि भन्सार जाँचपास सुरु भएको छ ।असार २३ गते राति आएको बाढीले अवरुद्ध भएको रसुवा भन्सार नाकाबाट हुने जाँचपास प्रक्रिया आजबाट सुचारु भएको हो ।रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी रविन्द्रप्रसाद प्याकुरेलका अनुसार चीनतर्फबाट बग्ने भोटेकोशी नदीमा आएको बाढीले अवरुद्ध भएको भन्सार जाँचपास प्रक्रिया आजबाट सुरु भएको छ ।
गत असार २३ गते राति आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल , सीमामा रहेको निर्माणाधीन ड्राइपोट , भन्सार कार्यालयमा क्षति पु¥याउनुका साथै आसपासमा पार्किङ गरी राखिएका गाडीहरू बगाएको थियो । आजबाट भन्सार चेकजाँच सुरु भएपछि रसुवा नाका हुँदै सामान आयात तथा निर्यात गर्ने व्यापारीहरूलाई राहत पुगेको व्यापारीहरू बताउँछन् ।
यद्यपि आजबाट भन्सार जाँचपास सुरु भएपनि भन्सार कार्यालयको आइटीमा समस्या आउँदा भन्सार जाँचपास प्रक्रियामा समस्या आएको छ । स्रोतका अनुसार आज रसुवा नाकाबाट झण्डै पन्ध्र बीस मालवाहक गाडी भन्सार जाँचपास भएर छुट्ने बताइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij