Logo

Jul 23 2025 | २०८२, साउन ७गते

Jul 23 2025 | २०८२, साउन ७गते

images

नेपाल फ्रेट फरवार्डरस एसोसिएसनले ३१औं कार्गो दिवस  मनाउने

नेपाल फ्रेट फरवार्डरस एसोसिएसनले ३१औं कार्गो दिवस  मनाउने

  •  काठमाडौँ।  नेपाल फ्रेट फरवार्डरस एसोसिएसनले (नेफा) श्रावण १३ गते, मंगलबार ३१औं कार्गो दिवस  मनाउने जनाएको छ ।  नेफाका बरिष्ठ उपाध्यक्ष एवं ३१औ कागों दिवसको संयोजक  नरेश कुमार अग्रवालले  ६ गते मंगलबार एक प्रेससम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएका हुन् । 

    संयोजक अग्रवालले   यस संघवाट प्रत्येक वर्ष २९ जुलाईको दिनलाई कार्गो दिवसको रुपमा मनाउने गरेको  बताए । यसैलाई निरन्तरतां दिदै नेपाल फ्रेट फरवार्डरस एसोसिएसनले नेपाल इन्टरमोडल यातायात विकास समितिको सहकार्य तथा विभिन्न एयरलाईन्स, व्यावसायिक  संस्था तथा विभिन्न क्षेत्रको सहयोगमा यस वर्ष ३१औं कार्गो दिवस LOGISTICS DEVELOPMENT OF NEPAL & BBIN CONNECTIVITY नाराका साथ विविध कार्यक्रम गर्दै  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री  दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा  आयोजना गर्न लागिएको संयोजक अग्रवालले  जनाए ।

     यस वर्षको कार्गो दिवस यही २०८२ साउन १३ गते (जुलाई २९, २०२५) का दिन काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजना हुनेछ । अग्रवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘  कार्गो दिवसको सुरुवात यस संघमा आवद्ध रहेका सम्पूर्ण सदस्यहरु वर्षमा एक पटक जम्मा भएर सपरिवार पारिवारीक सम्बन्ध तथा भाइचारा स्थापित गर्ने उद्देश्यका साथ सुरु गरिएको थियो। जसरी यस क्षेत्रको विकास हुदै गईरहेको थियो त्यसरीनै यसमा विभिन्न समस्या, चुनौतीहरु तथा यसमा रहेका सम्भावनाहरुको विषयमा सदस्यहरुलाई जानकारी गराउनु पर्ने पनि जरुरी हुन थालेको थियो। त्यसै आवश्यक्तालाई मध्यनजर गर्दै पछिल्ला वर्षहरुमा यस क्षेत्र संग सम्बन्धित  निकायहरुलाई पनि कार्यक्रममा निमन्त्रण गर्न सुरु गरियो।’  

    संयोजकले जनाए अनुसार  कार्गो दिवसले  केवल  व्यापारिक छलफल मात्र नभई, देशको समग्र आपूर्ति श्रृङ्गलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउन सकिन्छ भन्ने बारेमा गहन विचार विमर्श गर्ने अवसर प्रदान गर्दछ। यो दिवसले हाम्रो लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्ड सँग जोड्न, पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गर्न र यस क्षेत्रमा संलग्न जनशक्तिलाई प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खोलेको छ । नेपालमा कार्गोको सहज प्रवाहले उत्पादन लागत घटाउन, समयमै सामान आयात निर्यात गर्न र समग्रमा नेपाली अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन मद्दत गर्छ । त्यसैले, कार्गो दिवस मनाउनु नेपालको व्यापार र आर्थिक वृद्धिका लागि एउटा अपरिहार्य कदम रहेको छ । यसले नेपाली उद्योगी व्यवसायीहरुलाई विश्व बजारमा जोडिन थप सहजता प्रदान गरेको छ। यस संघ द्वारा तीन दशक भन्दा बढी समय देखि मनाउदै आएको कार्गो दिवस नेपालको लोजिष्टिक्स तथा फ्रेट फारवाडिङ्ग क्षेत्रको प्रमुख  कार्यक्रमको रुपमा स्थापित भइसकेको छ । यस वर्ष ३१ औं संस्करण मनाईदैछ, जसले नेपालको समग्र ढुवानी क्षेत्रको प्रवर्द्धनमा योगदान पुऱ्याउने उद्देश्य राख्दछ। यस कार्यक्रमले नीति निर्माताहरु सँग संवाद, उद्योगका चुनौती र सम्भावनाहरुको पहिचान तथा आर्थिक प्राथमिकता सँग मेल खाने अन्र्तराष्ट्रिय व्यापार अभ्यासहरुबारे छलफल गर्ने माध्यम प्रदान गर्छ ।

    कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग/बोर्डका उच्च अधिकारीहरुको उपस्थितिका साथ फ्रंट फारवाडिष्ङ्ग, लोजिष्टिक्स, गोदाम व्यवस्थापन, आपूर्ति श्रृंखला लगायतका क्षेत्रका उच्च पदस्थ निर्णयकर्ता, आयात/नियात व्यवसाय, उत्पादन उद्योग, व्यापारिक प्रतिष्ठान तथा वाणिज्य संघ/संस्थाका प्रतिनिधिहरु सहभागी रहेको छ । कार्यक्रममा अन्र्तराष्ट्रिय स्तरबाट समेत विमान सेवा, समुद्री ढुवानी, अन्तर्राष्ट्रिय व्यापार संस्थाहरुका प्रतिनिधिहरु तथा पर्यटन, बैंकिङ, बीमा र प्रविधि जस्ता सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहने जनाइएको छ ।

    cargo1.jpeg

    यस दिवसको अवसरमा फ्रेट फरवाडिङ्ग उद्योगको विकास, प्रवर्द्धन, सहजिकरण तथा विस्तारमा योगदान पुऱ्याउने कागों व्यवसायी, सरकारी गैर सरकारी संघ/संस्था, एयरलाईन्स तथा व्यक्तित्वहरुलाई नेफा वार्षक अर्वाडबाट सम्मानित गर्ने गरिएको छ। यस दिन विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ, जसमा फ्रेट फरवाडिङ्ग उद्योगका चुनौती र अवसरहरु बारे छलफल, कार्यशाला, सम्मान कार्यक्रम र नेटवर्किड अवसरहरु समावेश हुन्छन । कागों दिवसले यस उद्योगको परिचय, यसको महत्वलाई उजागर गर्न र यस क्षेत्रमा संलग्न व्यक्तिहरूलाई उत्प्रेरित गर्न मद्दत गरेको छ । कागों दिवस केवल उत्सव मात्र नभई एक रणनीतिक मञ्च पनि हो, जसले नीति-निर्माताहरु र निजी क्षेत्र बीच संवाद सृजना गरी सहकार्यको बाटो खोल्दछ साथै, अन्र्तराष्ट्रिय सहभागिताबाट नेपाललाई विश्वव्यापी लजिस्टिक्स नेटवर्कमा थप मजबूत रुपमा उभ्याउने अवसर मिल्छ । समग्रमा भन्दा, कागों दिवसको आयोजना नेपालको समग्र आर्थिक विकास यात्राको एक अभिन्न हिस्सा बनेको छ ।

    विज्ञप्तिमा जनाइए अनुसार  कार्गो दिवसमा आयोजना हुने विविध कार्यक्रम, पहिलो सत्रः उ‌द्घाटन कार्यक्रम प्रमुख अतिथी सहित विभिन्न अतिथिहरुबाट मन्तव्य ,नेफा वार्षिक अर्वाड २०२५ नेपाली लोजिष्टीक्स क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउने नेफा सदस्य तर्फ ,नेफा वार्षिक अर्वाड २०२५ नेपाली लोजिष्टीक्स क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउने सरकारी/गैरसरकारी निकाय तर्फ ,नेफा वार्षिक अर्वाड २०२५ अनलाईन एयरलाईन्स तर्फ (सन २०२४ मा नेपालबाट सबै भन्दा बढि कागों बोक्ने क्रमस प्रथम, द्वितिय र तृतिय पुरस्कार),नेफा वार्षिक अर्वाड २०२५ अफलाईन एयरलाईन्स तर्फ (सन २०२४ मा नेपालबाट सवै भन्दा बढि कार्गो बोक्ने प्रथम),नेफा वार्षिक अर्वाड २०२५ नेपाली लोजिष्टीक्स क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउने सुख्खा बन्दरगाह संचालक तर्फ , नेफा सम्मान पत्र २०२५ लामो समय यस क्षेत्रमा कार्य गर्ने कर्मचारी/मजदुर तर्फ ,नेफा सम्मान पत्र २०२५ उत्कृष्ट वस्तुगत संघ / महासंघ तर्फ  ,कार्यक्रमलाई सफलताका साथ आयोजना गर्न सहयोग गर्ने विभिन्न निकायहरुलाई मायाको चिनो प्रदान रहेको छ ।
    दोस्रो सत्रः अन्तरक्रिया कार्यक्रम, Asian Development Bank - Nepal Mission को सहयोगमा तथा राष्ट्रिय/अन्र्तराष्ट्रिय वक्ताहरुका साथ नेपाल सरकार अन्र्तगतका मन्त्रालयहरु/विभागहरु, समितिहरु, एयरलाईन्सहरु, सिपिङ्गलाईन्सहरु, नीजि क्षेत्र तथा राष्ट्रिय/अन्र्तराष्ट्रिय सरोकारवालाहरुको उपस्थिती सहित LOGISTICS DEVELOPMENT OF NEPAL & BBIN CONNECTIVITY विषयक अन्तरक्रिया कार्यक्रम , तेस्रो सत्रः Fellowship & Trade Meet कार्यक्रम, सरकारी, निजि क्षेत्र, लोजिस्टिक क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधीहरुको सहभागीताका सहित विविध कार्यपत्र तथा Video Documentary प्रस्तुतीकरणका साथ Trade Meet & Fellowship कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij