Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

होटल फरेष्ट इन लिमिटेडले आईपीओ निष्कासन प्रस्तावसहित दोस्रो वार्षिक साधारण सभा आह्वान

होटल फरेष्ट इन लिमिटेडले आईपीओ निष्कासन प्रस्तावसहित दोस्रो वार्षिक साधारण सभा आह्वान

  •  

    काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्नेलगायत महत्वपूर्ण प्रस्तावहरू पारित गर्न आगामी साउन ३० गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ।

    कम्पनीको सञ्चालक समितिको साउन ७ गते बसेको बैठकले सो निर्णय गरेको हो। सभा काठमाडौंको बुढानिलकण्ठस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजे सुरु हुने जनाएको छ।

    सभाले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ।

    यसअघि, कम्पनीले चैत ८ गते सम्पन्न विशेष साधारण सभाबाट पूँजी संरचना परिवर्तन र जगेडा शेयर खरिद–बिक्री सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij