Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयरका लागि बुक क्लोज मिति तय

शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयरका लागि बुक क्लोज मिति तय

  •  

    काठमाडौं ।  शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति साउन १६ गते तय गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ७ गते बसेको बैठकले एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो।

    हालसम्म हकप्रद शेयर निष्कासनको मिति तोकिएको छैन, तर बुक क्लोजको आधारमा साउन १५ गतेसम्म कम्पनीका शेयरधनी रहेका लगानीकर्ताहरूले मात्रै हकप्रद शेयर खरीद गर्न सक्नेछन्।

    कम्पनीले हालको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो। यस प्रयोजनका लागि कम्पनीले साउन ४ गते नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij