Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

५० रुपैयाँका नोट छाप्न राष्ट्र बैंकको टेन्डर आह्वान, ४२ करोड थान छपाइको तयारी

५० रुपैयाँका नोट छाप्न राष्ट्र बैंकको टेन्डर आह्वान, ४२ करोड थान छपाइको तयारी

  • काठमाडौं | नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ। यो निर्णय गर्भनर विश्व पौडेलको नेतृत्वमा आएको पहिलो ठुलो निर्णय मानिएको छ।

    टेन्डर प्रक्रिया अनुसार, इच्छुक अन्तर्राष्ट्रिय कम्पनीहरूले १७ अगस्ट (२०७९ साउन अन्तिम साता) भित्र प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव अलग-अलग रूपमा पेश गर्नुपर्नेछ।

    राष्ट्र बैंकको सूचना अनुसार:

    • बोलपत्र १७ अगस्ट दिउँसो १ बजे खोलिनेछ

    • न्यूनतम ४ करोड रुपैयाँ बराबरको बिड सेक्युरिटी अनिवार्य गरिएको छ

    नोट छपाइको कार्यमा गुणस्तरीय मापदण्ड सुनिश्चित गर्न राष्ट्र बैंकले वैश्विक प्रतिस्पर्धाबाट उत्कृष्ट सेवा प्रदायक छनोट गर्ने नीति अवलम्बन गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij