Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

६ दशकको इतिहास बोकेको नेबिको लिमिटेडले २० करोडको आईपीओ निष्कासन गर्ने

६ दशकको इतिहास बोकेको नेबिको लिमिटेडले २० करोडको आईपीओ निष्कासन गर्ने



  • काठमाडौं। ६० वर्षभन्दा लामो इतिहास भएको बिस्कुट र कन्फेक्शनरी उत्पादक कम्पनी नेबिको लिमिटेडले प्रारम्भिक धितोपत्र निष्कासन (आईपीओ) गर्न लागिएको छ। कम्पनीले सर्वसाधारणलाई २० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने तयारीमा छ।

    नेबिको लिमिटेडले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिहीवार कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी सम्झौता पनि सम्पन्न भएको छ।

    नेबिको ग्रुपका प्रमुख कार्यकारी अधिकृत होम न्यौपानेका अनुसार, कम्पनीले आफ्ना २० प्रतिशत शेयर आईपीओमार्फत जारी गर्नेछ। यसबाट प्राप्त रकमले कारखाना सञ्चालन सुधार्ने र विस्तार गर्ने योजना बनाइएको छ।

    नेबिकोको नेटवर्थ लामो समय नकारात्मक भए पनि आर्थिक वर्ष २०७८र७९ मा सकारात्मक भएको बताउँदै न्यौपानेले भने, ‘हाल कम्पनीको प्रतिशेयर भ्यालु ५० रुपैयाँमा नेटवर्थ ३६ रुपैयाँ अर्थात ७२ प्रतिशत छ, जसलाई ९० प्रतिशत पुर्‍याएर आईपीओ स्वीकृतिका लागि निवेदन दिने योजना छ।’

    कम्पनीको मुख्य कारखाना काठमाडौंको बालाजु र भैरहवामा रहेका छन् भने हेटौंडा औद्योगिक क्षेत्रमा पनि नयाँ कन्फेक्शनरी प्लान्ट स्थापना गर्ने तयारी भइरहेको छ। नेबिकोले हेटौंडामा २० रोपनी जग्गा किनेर डिपोजिटर लाइन, टफी र पफ उत्पादन गर्नेछ।

    त्यस्तै, लामो समयदेखि बन्द रहेको भैरहवाको बिस्कुट कारखाना मर्मत गरी अर्को महिनादेखि सञ्चालनमा ल्याइने पनि कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij