Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता, नत्र कानुनी कारबाही हुने चेतावनी

समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता, नत्र कानुनी कारबाही हुने चेतावनी

  •  

    काठमाडौँ । समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीहरूलाई आगामी भदौ मसान्तभित्र (३१ गतेसम्म) ऋण तिर्न बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयले ताकेता गरेको छ। मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरूलाई समयमै ऋण भुक्तानी गर्न अनुरोध गरेको हो।

    समितिका अनुसार ती सहकारीहरू समस्याग्रस्त घोषणा हुनु एक दिनअघिको अबधिसम्मको ऋण सम्बन्धमा ताकेता गरिएको हो। सिभिल सहकारी २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु सहकारी २०८१ पुस २८ गते समस्याग्रस्त घोषित भएका थिए।

    समयसीमा ९भदौ मसान्त० सम्म पनि ऋण नतिरेमा ती ऋणीहरूलाई साँवा, ब्याज र हर्जानासहित ऋण असुली प्रक्रिया अघि बढाउने र आवश्यक कानुनी कारबाही सुरु गरिने चेतावनीसमेत समितिले दिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij