Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँट

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँट

  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको 'शाइन रेसुङ्गा डिवेञ्चर बाँडफाँड सम्पन्न भएको छ। वार्षिक ८ प्रतिशत ब्याजदर रहेको १० वर्ष अवधिको ऋणपत्र साउन ८ गते बाँडफाँड गरिएको हो। कुल एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमार्फत बाँडफाँड गरिएको हो।

    उक्त डिवेञ्चरका लागि कुल निष्काशन रकमको ६० प्रतिशत संस्थागत लगानीकर्ताका लागि र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो। गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म सार्वजनिक निष्काशनमा खुलेको यस ऋणपत्रमा अत्यधिक रुचि देखिएको थियो। कुल आवेदन मागभन्दा ५.९५ गुणा बढी परेपछि बाँडफाँड प्रक्रियामा सहभागी सबैलाई पूर्ण कित्ता प्राप्त हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij