
काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले गत आवमा पौने बाह्र करोड बढी राजस्व चुहावट धरौटी रकम संकलन गरेको जनाएको छ ।राजस्व अनुसन्धान कार्यालय पथलैयाले सार्वजनिक गरेको कार्यप्रगति विवरणमा यस्तो जानकारी दिएको हो ।
कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार कार्यालयले दर्ता हुन आएका सूचना/उजुरी फर्स्यौटलाई उच्च प्राथमिकतामा राखेको छ । अघिल्लो आ.व. मा 58.32 प्रतिशत सूचना/उजुरी फर्स्यौट भएकोमा यस आ.व. मा 93.49 प्रतिशत उजुरी फर्स्यौट भएका छन् र बाँकी उजुरी समेत फर्स्यौटको क्रममा रहेका छन् ।
राजस्व अनुसन्धान कार्यालय, पथलैया, ले आ.व. 2081/082 मा राजस्व चुहावट र विदेशी बिनिमय गरी 28 वटा मुद्दा दर्ता गरेको छ ।
धरौटीलाई निष्कृय रुपमा राख्नुभन्दा यसलाई राजस्व खातामा सदरस्याहा गर्दा यसको औचित्य सिद्द हुने भएकाले कार्यालयले धरौटी सदरस्याहालाई पनि प्राथमिकतामा राखी काम गरेको छ । अघिल्लो आ.व. मा रु. 20434695.77 (अक्षेरुपी दुई करोड चार लाख चौँतीस हजार छ सय पन्चानब्बे रुपियाँ सतहत्तर पैसा) धरौटी सदरस्याहा भएकोमा यस आ.व. मा रु. 66110735.63(अक्षेरुपी छ करोड एघार लाख सात सय पैतीस रुपिया त्रिसट्ठी पैसा) सदरस्याहा भएको छ जुन अघिल्लो आ.व. को तुलनामा २२३.५२ प्रतिशतले बढी हो ।
कार्यलयले अघिल्लो आ.व. मा रु. 61135875.70 (छ करोड एघार लाख पैँतीस हजार आठ सय पचहत्तर रुपियाँ सत्तरी पैसा) राजस्व चुहावट धरौटी संकलन गरेकोमा यस आ.व. मा रु. 117685001.40(अक्षेरुपी एघार करोड छहत्तर लाख पचासी हजार एक रुपियाँ चालिस पैसा) राजस्व चुहावट धरौटी रकम संकलन गरेको छ जुन अघिल्लो आ.व. को तुलनामा 92.50 प्रतिशतले बढी हो । यद्यपि यो राजस्व संकलन गर्ने निकाय नभएका कारण यस कार्यलयले गर्ने कामको प्रभाव अन्य निकायको राजस्व संकलनमा देखिने गर्दछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij