
काठमाडौँ । स्थानीय तहका विभिन्न निकायहरूलाई वाणिज्य बैंकहरूमा खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने भएको छ ।
नेपाल राष्ट्र बैकले यस्तो व्यवस्था गरेको हो । स्थानीय तह अन्तर्गतका विभिन्न निकायहरूले वाणिज्य बैंकहरुमा खाता खोल्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने गरी सोमबार एक परिपत्र जारी गरिएको छ ।
राष्ट्र बैंकले सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोषको ग समूहको राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरुमा खाता सञ्चालन गर्न थप स्वीकृति लिनु नपर्ने भएको हो। यसअघि राष्ट्र बैंकको अनुमतिपछि मात्रै यस्ता खाता सञ्चालन गर्न पाइने व्यवस्था रहेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij