Logo

Jul 29 2025 | २०८२, साउन १३गते

Jul 29 2025 | २०८२, साउन १३गते

images

सुन व्यवसायीहरू बीचको विवाद उत्कर्षमा , ऋद्धिसिद्ध ज्वेलर्समा राजस्वको छापा

सुन व्यवसायीहरू बीचको विवाद उत्कर्षमा , ऋद्धिसिद्ध ज्वेलर्समा राजस्वको छापा

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले काठमाडौँको विशाल बजारस्थित ऋद्धिसिद्ध ज्वेलर्समा छापा हानेको छ । विभागको टोलीले आज ऋद्धिसिद्धि ज्वेलर्समा छापा हानेको हो । 

    राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार ऋद्धिसिद्ध ज्वेलर्समा छापा हानी कागजपत्र र कम्प्युटर नियन्त्रणमा लिइएको छ ।  विभागले खरिद बिक्री विवरण चुस्तदुरुस्त नराखेको , राजस्व छलेकोलगायतको गुनासो आएपछि अनुसन्धानका लागि छापा हानिएको विभाग स्रोतले बताएको छ ।

    विगत लामो समयदेखि सुन व्यवसायी र ऋद्धिसिद्ध ज्वेलर्सका सञ्चालक नरेन्द्र गुप्ताबीच विवाद चल्दै आएको थियो ।ऋद्धिसिद्ध ज्वेलर्सले जर्तीको छुट्टै मूल्य लिन नहुने , बिलमै जर्ती र ज्याला खुलाउनुपर्ने लगायतका मुद्दा उठाउँदै आएको थियो । ज्याला र जर्तीको पारदर्शीको विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र ऋद्धिसिद्ध ज्वेलर्सबीच विवाद हुँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij