Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

भिजिट भिसा छानबिनको क्रममा महाराजगञ्जस्थित एक ट्राभल्स कम्पनीमा प्रहरीको छापा

भिजिट भिसा छानबिनको क्रममा महाराजगञ्जस्थित एक ट्राभल्स कम्पनीमा प्रहरीको छापा

  • काठमाडौं । प्रहरीले  भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा छानबिनको क्रममा   एक ट्राभल्स कम्पनीमा  छापा मारेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले महाराजगञ्जमा रहेको भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको हो ।

    सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन समितिले उक्त ट्राभल्समा छापा मारेर केही कागजातहरू लिएको जनाइएको छ ।सीआईबी स्रोतका अनुसार केही कागजात र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गरेर यूएनको कार्यक्रममा भन्दै ट्राभल्स र एनजीओहरूले स्पेनमा मान्छे पठाएर मानव तस्करी गरेको  आरोप लगाइएको छ । संसद्‍मा समेत यो विषयले प्रवेश पाएपछि एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति बनेको थियो । उक्त समितिले अहिले काम गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij