Logo

Jul 30 2025 | २०८२, साउन १४गते

Jul 30 2025 | २०८२, साउन १४गते

images

चार सहसचिवको सरुवा, राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चिलुवालको सम्भावना

चार सहसचिवको सरुवा, राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चिलुवालको सम्भावना

  • काठमाडौँ । सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ । आन्तरिक राजस्व विभागबाट तानिएका चिलुवाललाई राजस्व अनुसन्धान विभागमा रिक्त रहेको महानिर्देशकको जिम्मेवारीमा पठाउने तयारीको क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको सम्बद्ध स्रोतले जनाएको छ । 

    राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको विभाग भएको र त्यहाँ करिब एक महिना देखि महानिर्देशकको पद रिक्त रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राजस्व अनुसन्धान विभागका महानिर्देशक हुँदै आएकोले चिलुवालको सम्भावना बढेको स्रोतको भनाइ छ । निर्वतमान महानिर्देशक चण्डीप्रसाद घिमिरे अनिवार्य अवकाशमा गएको करिब १५ दिन पछि कायममुकायम महानिर्देशकको जिम्मेवारी कृष्णकुमारी श्रेष्ठलाई दिइएको थियो ।

    यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा  पठाइएको छ ।सोहीक्रममा  गृह मन्त्रालयअन्तर्गत डोटी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई आदिवासी जनजाति आयोगको सचिवमा नियुक्त गरिएको छ । यस्तै, कोशी प्रदेश योजना आयोगका प्रदेश सचिव मिमांश अधिकारीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij