Logo

Jul 31 2025 | २०८२, साउन १५गते

Jul 31 2025 | २०८२, साउन १५गते

images

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा तीन सदस्यीय व्यापार विज्ञ समूह गठन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा तीन सदस्यीय व्यापार विज्ञ समूह गठन

  • काठमाडौँ । सरकारले  तीन सदस्यीय एक व्यापार विज्ञ समूह गठन  गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुमार कुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेड (Board of Trade) को विज्ञ सदस्यमा नियुक्त गरेको हो । मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्रअनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको हो । यो नियुक्ति २०८२ साउन १३ गतेको मन्त्री स्तरीय निर्णयअनुसार गरिएको हो ।

    id1.jpeg

    विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार, निजी क्षेत्रको सक्रियता, नीति निर्माणमा समन्वय, र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउन बोर्ड अफ ट्रेडको भूमिकालाई महत्वपूर्ण आधारको रूपमा लिइएको छ । यसै सन्दर्भमा तीनजना अनुभवी निजी क्षेत्रका प्रतिनिधिहरूको मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

    बोर्ड अफ ट्रेड नेपालको व्यापार नीतिको कार्यान्वयन, नीति सिफारिस, समन्वय र सहजीकरणका लागि प्रमुख संस्थागत संयन्त्र हो । उक्त बोर्डले नीति निर्माणमा सरकारलाई सघाउने, निजी क्षेत्रका चुनौतीहरू पहिचान गर्ने, समाधान सुझाउने र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मुद्दामा मार्गदर्शन दिने जिम्मेवारी लिन्छ ।

    नियुक्त भएका सदस्यहरूबाट मन्त्रालयले व्यापार क्षेत्रका विविध मुद्दामा गहकिला सुझाव र सशक्त सहभागिताको अपेक्षा राखेको छ । मन्त्री दामोदर भण्डारीको नेतृत्वमा मन्त्रालयले नीति निर्मातासँग सिधा सरोकारवालाहरूको सहभागिता विस्तार गर्दै नीतिगत निर्णय प्रक्रियालाई समावेशी, उत्तरदायी र परिणाममुखी बनाउन अग्रसरता देखाउँदै आएको छ ।

    यस नियुक्तिसँगै जोशी, राणा र श्रेष्ठले नेपालकै व्यापार नीति तथा रणनीतिलाई सशक्त रूपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने काममा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij