Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

राजस्व समूहका अनुभवी सहसचिव तीर्थराज चिलुवाललाई राजस्व अनुसन्धान विभागको जिम्मेवारी

राजस्व समूहका अनुभवी सहसचिव तीर्थराज चिलुवाललाई राजस्व अनुसन्धान विभागको जिम्मेवारी

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागमा राजस्व समूहका अनुभवी सहसचिव तीर्थराज चिलुवाल आएका छन् । राजस्व समूहमा अनुभवी मानिएका चिलुवालले  यसअघि पनि राजस्व अनुसन्धान विभागमा काम गरिसकेका छन् ।  राजस्व चुहावटको क्षेत्रमा अनुभवी सहसचिव चिलुवालले आजैबाट राजस्व अनुसन्धान विभागको कमान्डरको जिम्मेवारी सम्हालेका हुन् । 

    आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक रहेका चिलुवाललाई गत सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको  राजस्व अनुसन्धान विभागको कमान्डरको जिम्मेवारी आजदेखि चिलुवालको काँधमा आएको छ ।

      राजस्व चुहावट र चोरी तस्करी नियन्त्रणमा अनुभवी मानिएका राजस्व समूहका सहसचिव चिलुवाल राजस्व चुहावट र भन्सार कर क्षेत्रमा अनुभवी मानिन्छ । कैयौँ समस्याको चाङैचाङका बीच विभागमा आएका चिलुवालका सामुन्ने कैयौँ चुनौतीहरू छन् ।यसअघि वाणिज्य विभागको महानिर्देशक , सीडीओ तथा अन्य क्षेत्रको जिम्मेवारी सम्हालेका चिलुवाल मुख्यतः राजस्व क्षेत्रमा  दख्खल राख्दछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij