Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

चालु आवको १५ दिनमा सरकारलाई भयो २७ अर्ब बढीको आम्दानी

चालु आवको १५ दिनमा सरकारलाई भयो २७ अर्ब बढीको आम्दानी

  • काठमाडौँ । चालु आर्थिक वर्षको १५ दिनमा २७ अर्ब रुपैयाँ बराबरको आम्दानी सरकारलाई भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पहिलो १५ दिनको अवधिमा २७ अर्ब ४६ करोड २५ लाख रूपैयाँ बराबरको आम्दानी भएको हो ।गत वर्षको यसै अवधिमा २३ अर्ब ४९ करोड रूपैयाँ बराबरको आम्दानी भएको थियो । चालु वर्षमा सरकारले राजस्वबाट २७ अर्ब ९ करोड रूपैयाँ आम्दानी गरेको छ । सोही अवधिमा १३ करोड ५० लाख रूपैयाँ वैदेशिक अनुदान  प्राप्त भएको छ। यस अवधिमा २ अर्ब ३० करोड रूपैयाँको अन्य  स्रोतबाट प्राप्त भएको आम्दानी रहेको छ।

    चालु आर्थिक वर्षको १५ दिनको अवधिमा भने १५ अर्ब ८७ करोड रूपैयाँको खर्च भएको छ। खर्चमा वित्तीय व्यवस्थापनमा १३ अर्ब १० करोड रूपैयाँ भएको छ। त्यसैगरी चालु खर्च एक अर्ब ५८ करोड र पुँजीगत खर्च २ अर्ब ६३ करोड रूपैयाँ बराबरको भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij