Logo

Aug 04 2025 | २०८२, साउन १९गते

Aug 04 2025 | २०८२, साउन १९गते

images

अहिलेको परिवर्तनमा स्व बगालेको महत्त्वपूर्ण योगदान छः सभापति देउवा

अहिलेको परिवर्तनमा स्व बगालेको महत्त्वपूर्ण योगदान छः सभापति देउवा

  •  

    चितवन ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आज बगालेको निवास भरतपुर महानगरपालिका-४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले हरेक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

     

    कांग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताउनुभयो । अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको भन्दै उहाँले पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

     

    विसं १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं ८ मा जन्मनुभएका बगालेको विसं २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij