Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

बंगलादेशसँग पनि व्यापार घाटा , गत आवमा करिब पौने पाँच अर्बको मालवस्तु आयात

बंगलादेशसँग पनि व्यापार घाटा , गत आवमा करिब पौने पाँच अर्बको मालवस्तु आयात

  • भद्रपुर । गत आर्थिक वर्ष २०८१÷८२ मा बंगलादेशबाट करिब पौने पाँच अर्बको  मालवस्तु आयात भएको छ । गत आवमा पूर्वी नाका काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७२ करोड चार लाख १८ हजार रुपैयाँ बराबरको मालसामान आयात भएको हो  ।

    नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी सार्वजनिक गरे अनुसार बङ्गलादेशबाट सबैभन्दा बढी दुई अर्ब ६५ करोड ८७ लाख ४५ हजार रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ ।

    यस्तै ३७ करोड १६ लाख रुपैयाँको आलु, २१ करोड २० लाखको पेपरका साथै ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, ग्लास, फुड एण्ड वेभरेजलगायत मालवस्तु  आयात भएको जनाइएको छ ।

    उनका अनुसार  पूर्वीनाका काँकरभिट्टाबाट गत आवमा ४२ करोड २४ लाख तीन हजार रुपैयाँ बराबरको मालसामान बङ्गलादेश निर्यात भएको  छ । जसमा मोलास्सेस (खुदो) मात्रै ३२ करोड ५६ लाख ७८ हजार बराबरको बंगलादेश निर्यात भएको हो । पूर्वी नाका काँकडभिट्टा हुँदै निर्यात हुने अन्य वस्तुमा जडीबुटी, डावर नेपाल प्रोडक्ट, अनिमल फिड, हाउसहोल्ड आर्टिकलस् लगायत छन्।

    काँकडभिट्टाबाट भारत पश्चिम बंगालको फूलबारी, बंगलादेशको उत्तरी नाका बंगलाबन्ध हुँदै बंगलादेशसँग व्यापार हुँदै आएको छ । बङ्गलादेशसँगको द्विपक्षीय व्यापार सुरु भएको पछिल्लो २७ वर्षको तथ्यांक अनुसार निर्यात भन्दा आयात बढी रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij