Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

कुलिङ पिरियडको व्यवस्थामा भएको हेरफेरबारे छानबिन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित

कुलिङ पिरियडको व्यवस्थामा भएको हेरफेरबारे छानबिन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित

  • काठमाडौँ । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा संसदीय समितिले राखेको दुई वर्षे ‘कुलिङ अफ पिरियड’ (Cooling-Off Period) को व्यवस्थामा भएको हेरफेर तथा छलकपटबारे छानबिन गर्न गठन गरिएको समितिले आफ्नो प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

    आज बिहानदेखि बसेको छानबिन समितिको बैठकले केही समयअघि प्रतिवेदनलाई अनुमोदन गरेको हो। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले राखेको कुलिङ अफ पिरियडको व्यवस्थामा सांसदहरूलाई जानकारी नदिई हेरफेर गरिँदै विधेयक प्रतिनिधिसभाबाट पारित गरिएको आरोप लागेको थियो।

    यस विषयमा गम्भीर चासो व्यक्त भएपछि नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारको सभापतित्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिमा कांग्रेसकी सचेतक सुशीला थिङ, नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाका रोशन कार्की सदस्य रहेका थिए।

    प्रतिवेदनमा हेरफेर कसरी र किन गरियो भन्नेबारे स्पष्ट विवरण समेटिएको बताइएको छ। अब समितिले तयार पारेको प्रतिवेदनलाई आगामी संसदीय प्रक्रिया मार्फत अघि बढाउने तयारी भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij