Logo

Aug 05 2025 | २०८२, साउन २०गते

Aug 05 2025 | २०८२, साउन २०गते

images

कूलिङ पिरियडमा सभापति रामहरि खतिवडाले उत्तरदायी भूमिका वहन नगरेको ठहर ,प्रतिवेदनको पूर्णपाठसहित

कूलिङ पिरियडमा सभापति रामहरि खतिवडाले उत्तरदायी भूमिका वहन नगरेको ठहर ,प्रतिवेदनको पूर्णपाठसहित

  • काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उत्तरदायी भूमिका बहन नगरेको ठहर गरेको छ ।

    समितिले मंगलबार बुझाएको प्रतिवेदनमा यस्तो औँल्याएको हो । ‘विधेयकको प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन,’ छानबिन विशेष समितिको प्रतिवेदनमा जनाइएको छ ।

     साथै राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज कुमार दुरा सचिवको हैसियतले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै रहेको र प्रतिवेदन लेख्नेसमेत भूमिका रहेको भन्दै छानबिन समितिले सचिव दुराबाट पनि परिभाषित जिम्मेवारी पूरा नभएको ठहर गरेको छ ।

    यस पृष्ठभूमिमा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको सो विधेयक सम्बन्धी प्रतिवेदनमा रहेको विश्राम अवधि ‘कुलिङ अफ पिरियड’ सम्बन्धमा नेपाल सरकारको मुख्यसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) समेतको विधेयकको दफा ८२ को उपदफा ४ र ५ बिच त्रुटिका सम्बन्धमा प्रत्यक्ष संलग्नता नदेखिए पनि परोक्ष रूपमा जेठ २ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको ‘कुलिङ अफ पिरियड’ का विषयका सम्बन्धमा सार्वजनिक रूपमै विपक्षमा देखिनु शोभनीय नभएको प्रतिवेदनमा जनाइएको छ । यस्तो छ प्रतिवेदनको पूर्णपाठ

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij