Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रतिनिधिसभा बैठक आज अपराह्न बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज अपराह्न बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

  • काठमाडौँ ।सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल र प्रस्तुतीको सम्भावित कार्यसूची तय गरिएको छ।

    आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। साथै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावना छ।

    त्यसैगरी, आजै विभिन्न चार वटा संसदीय समितिहरूको बैठक पनि बस्दैछन्।

    अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ लगायत विषयमा समसामयिक छलफल हुने कार्यसूची छ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ सम्बन्धी दफावार छलफल हुनेछ।

    विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’ सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ।

    बैठकहरूमा सम्बन्धित विधेयकहरूबारे गम्भीर छलफल भई कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij