Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

११ करोड रुपैयाँ ठगीको  आरोप लागेपछि सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरीमा आफैं हाजिर

११ करोड रुपैयाँ ठगीको  आरोप लागेपछि सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरीमा आफैं हाजिर

  • काठमाडौँ ।   ११ करोड रुपैयाँ ठगी  गरेको  आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर मा हाजिर भएका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी गरेको  आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् ।

    काठमाडौ प्रहरी परिसरले  सेयर कारोबारी दीपेन्द्र अग्रवालले  सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको जनाएको छ ।स्रोत अनुसार  मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी दिएका थिए । ठगी कसुर सम्बन्धी उजुरी आएपछि  श्रीवास्तव आफैं परिसर कार्यालयमा उपस्थित भएका हुन् ।

    प्रहरीका अनुसार उक्त ब्रोकर कम्पनीले उजुरीकर्ता दुईको कुल ११ करोड ५५ लाख रुपैयाँ सेयर कारोबार बापत फिर्ता नगरेको भन्दै ठगीको आरोप लगाइएको हो ।उजुरी परेपछि कार्यलय पुगेका श्रीवास्तव उपर प्रहरीले आवश्यक अनुसन्धान गर्ने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij